कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोक लिदी पहिरो : १८ जनाको शव भेटियो

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिका २ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएकामध्ये शनिबार साँझसम्म १८ जनाको शव फेला परेको छ । 

सिन्धुपाल्चोक लिदी पहिरो : १८ जनाको शव भेटियो

साविकको गोल्चे गाबिसको लिदीका १३ घरका १८ जनाको शव पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । जिल्ला प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनकाअनुसार मृत्यु हुनेमा १० बालबालिकासहित ४ महिला र ४ पुरुष छन् ।

पहिरोमा मृत्यु हुनेमा लिदी लामागाउँकी टिकामाया दोङ, छिरिङ दोङ, जिते झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, प्रिती दोङ, कान्छी दोङ, धनमाया दोङ, रेमीश दोङ, माइला दोङ, मेकमाई दोङ, च्यामा दोङ, विमला दोङ, कबिर दोङ, लक्ष्मी दोङ र मानबहादुर दोङ छन् । शवको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टि गरिएको छ ।

अन्य बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित ५५ जनाको टोलीले साबेल, कोदालो प्रयोग गरी खोजिरहेको डिएसपी काफ्लेले बताए ।

गाउँपालिकाले पुष्टि गरेको ३८ जनाको सूचीमा वडाध्यक्ष प्रताप लामाको टोलीले स्थानीय कबिर दोङ बेपत्ता भएको नाम नभएको जानकारी दिएपछि बेपत्ता थपिएको डीएस्पी काफ्लेले पुष्टि गरे । ‘अहिले थपिएकोसहित २१ बेपत्ताको खोजी कार्य तीव्र बनाइएको छ, सिमसिमे पानीले गर्दा पहिरोको जोखिम बढाएको छ, केही प्रभावित भए पनि काम अगाडि बढ्दैछ,’उनले भने ।

जिल्ला अस्पताल चौतारामा उपचाररत घाइते जुगल लिदीका ९ वर्षका रुपबहादुर दोङ शनिबार डिस्चार्ज भएका छन् । जुनमाया दोङ, केवरीङ दोङ र पासाङ दोङ, दावाग्याल्बो दोङको भने सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते यामुलामु दोङको राजधानीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले जनाए । डीएसपी काफ्लेले जानकारी दिए ।

प्रकाशित : श्रावण ३१, २०७७ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?