कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जान्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ — अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका हुन् । 

मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जान्छ : अर्थमन्त्री पौडेल

देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता हुने भन्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए । नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको उनको भनाई छ । यस विषय सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधिन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्ने बताए । निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिने उनको भनाई छ । मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन लगायतका अन्र्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई कोभिड विरुद्धको भ्याक्सिन निशुल्क रुपमा उपलब्ध गराउने उनको भनाई छ ।

कोभिड १९ विरुद्धको भ्याक्सिन आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको उनले बताए । मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तर्राष्ट्रिय दातृ निकायहरुले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको भएपनि देशभित्रका कुनै नागरिक तथा संघसस्थासाग सहयोग लिने अथवा सहयोगको अपिल गर्ने नगरिएको स्पष्ट पारे ।

प्रकाशित : माघ ३, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?