१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइयो : ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइएको आरोप लगाएका छन् । 

मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइयो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइएको आरोप लगाएका छन् ।

नेकपा (ओली समूह) को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा शनिबार सम्बोधन गर्दै ओलीले नेपालका केही बुद्धिजीवी, राजनीतिज्ञ र जानकार हुँ भन्नेहरुले मुलुकका सम्मानित संस्थाहरुमाथि अपमान गर्ने, गाली बेइज्जती गर्ने काम गरेको बताएका हुन् ।

देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको उनले बताए । नेकपा दाहाल-नेपाल समूहलाई इंगित गर्दै ओलीले पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक, सञ्‍चारमाध्यमहरुमा गएर असभ्य बोल्ने काम भएको भन्दै असन्तुष्टि जनाए ।

उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ ।

प्रकाशित : माघ ३, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?