कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली सरकारलाई ढाल्न खोज्दा दाहाल-नेपाल आफैं सडकमा पुगे : मन्त्री रायमाझी

वीरेन्द्र केसी

अर्घाखाँची — ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीलाई विभाजन गरेर पुष्पकमल दाहाल र माधव नेपालले गद्दारी गरेको आरोप लगाएका छन् । आफैंले बनाएको पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई ढाल्न खोज्दा दाहाल–नेपाल आफैं सडकमा पुगेको उनले दाबी गरेका छन् ।

ओली सरकारलाई ढाल्न खोज्दा दाहाल-नेपाल आफैं सडकमा पुगे : मन्त्री रायमाझी

ओली पक्षीय नेकपाले शनिबार सन्धिखर्कमा गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले दाहाल प्रधानमन्त्री, माधव नेपाल पार्टी अध्यक्ष र झलनाथ खनाल राष्ट्रपति कसरी हुने भन्ने बाहेक अरु केही सोच नभएको दाबी गरे ।

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर हुन नपाएपछि सडकमा दाहाल-नेपालले रोइलो गरेको बताए । ‘सरकारलाई सफल पार्ने, देशलाई समृद्धितर्फ लैजानेतर्फ उहाँ (दाहाल–नेपाल) को ध्यान पटक्कै छैन,’ उनले भने, ‘ओलीलाई अपदस्थ गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने लोभ बाहेक केही छैन । सडकमा गएर ठूलो भूल गर्नुभयो ।’

सडकमा गएर सिंहदरबारतिर ढुंगा हान्नु दाहाल नेपाल पत्तासाप हुने उनले दाबी गरे । काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गर्नुको विकल्प नभएको बताउँदै उनले हिम्मत भए अब वैशाखमा हुने चुनाव जितेर प्रधानमन्त्री बन्न दाहाललाई रायमाझीले चुनौती दिए । सत्ताको लोभी भएकै कारण आफूले दाहाललाई छाड्न बाध्य भएको मन्त्री रायामाझीले दाबी गरे ।

कार्यक्रममा खानेपानी मन्त्री मणि थापाले देशका लागि दाहाल गद्दारी नेता भएको आरोप लगाए । दाहाल-नेपालले पार्टी विभाजन गरेर सडकमा गएर देशको विकास र कम्युनिष्ट विरोधी कार्य गरेको उनले बताए ।

प्रकाशित : माघ ३, २०७७ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?