१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उत्तरका ३ बीओपीमा स्याटेलाइट र भिस्याट सेवा

काठमाडौँ — उच्च हिमाली भेगमा स्थापना गरिएका सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) सँगको सम्पर्क टुट्न नदिन स्याटेलाइट (भू–उपग्रह) फोन र भिस्याट सेवा जडान गरिएको छ ।

मोबाइल र टेलिफोनजस्ता साधारण दूरसञ्चार सेवाको पहुँच नपुगेका र नेटवर्क कमजोर भएका उत्तरी सीमानाकाका बीओपीसँग प्रहरी प्रधान कार्यालय, सम्बन्धित बाहिनी र गण/गुल्मसँग नियमित सम्पर्क गर्न ती सेवा उपलब्ध गराइएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले बताए ।

यो महँगो प्रविधिको सबै शुल्क सशस्त्र प्रहरी प्रधान कार्यालयबाट व्यवस्थापन गरिएको छ ।

मुस्ताङको नेचुङमा स्याटेलाइट फोन तथा हुम्लाको हिल्सा र दार्चुलाको छाङरुस्थित युनिटका लागि भिस्याट जडान गरिएको अर्यालले बताए । नेचुङमा हिमपात सुरु भएका कारण सदरमुकाम जोमसोम आउजाउ गर्ने बाटो अवरुद्ध छ ।

प्रकाशित : माघ ४, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?