चीनको सिनोफार्म खोपलाई पनि मान्यता दिने तयारी

काठमाडौँ — सरकारले चीनको सरकारी कम्पनीद्वारा निर्मित कोभिड–१९ विरुद्धको खोपलाई पनि आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ ।

चीनको सिनोफार्म खोपलाई पनि मान्यता दिने तयारी

भारतमा निर्मित कोभिसिल्ड खोपलाई शुक्रबार अनुमति दिएको औषधि व्यवस्था विभागले चीनको सिनोफार्मको खोपलाई पनि अनुमति दिने तयारी गरेको हो ।

भारतमा बनेका ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’ तथा चीनको ‘सिनोफार्म’ ले आपत्कालीन प्रयोगका लागि विभागमा निवेदन दिएका थिए ।

आपत्कालीन उपयोगको पहिलो अनुमति पाएको २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने अक्सफोर्ड–अस्ट्रेजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डको नाममा उत्पादन गरेर तेस्रो चरणको परीक्षण पूरा गरिसकेको छ ।

प्रकाशित : माघ ४, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?