कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नापीकै कर्मचारीले हत्याए सार्वजनिक जग्गा

खोटाङ — नापी गर्न आएका कर्मचारीले नै सार्वजनिक जग्गा आफ्नो नाममा गरेको खुलेको छ । जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानीस्थित करिब ३ रोपनी जग्गा नापीका कर्मचारी र स्थानीयको नाममा दर्ता गरिएको खुलेको हो ।

मालपोत कार्यालय खोटाङको रेकर्डअनुसार २०४२ मा नापी गर्न आएको टोलीका कर्मचारी (अमिन) चन्द्रबहादुर श्रेष्ठ (कित्ता नं ४९५), तोसलकुमार पोखरेल (कित्ता नं ४९६), स्थानीय प्रेमबहादुर बस्नेत (कित्ता नम्बर ४९७) र सुक्रिमबहादुर राई (कित्ता नं ४९८) को नाममा जग्गा दर्ता रहेको खुलेको जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर राईले बताए । प्रेमबहादुरले आफ्नो नाममा दर्ता गरेर माथबरसिं राउतलाई बेचेको जग्गाको क्षेत्रफल भने चार आना एक पैसा छ ।

माथबरसिंले २०६७ चैतमा उक्त जग्गा किनेका हुन् । जग्गाको फिल्ड नक्सा (सात नम्बरे फारम) मा भने कसैको नाममा पनि दर्ता नभएको पाइएको अध्यक्ष राईले बताए ।

जग्गा पुस्तौंदेखि कसैले भोगचलन नगरेको र फिल्ड नक्सामा समेत पर्ती उल्लेख भएकाले किर्ते गरेर पास गरिएको उनको दाबी छ ।

प्रकाशित : माघ ४, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?