कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पुनर्निर्माणपछिको थुमन गाउँ [तस्बिरहरु]

रसुवा — पहिले ढुंगाको गारो र काठका छाना भएका घर थिए । भूकम्पपछि पुनर्निर्माणमा भने काठैकाठ प्रयोग भए । नयाँ तरिकाले बनाइएका घरले थुमन गाउँ सुन्दर र चिटिक्क देखिएको छ । इँटा, ढुंगा, सिमेन्ट तथा माटाको प्रयोगबिनै थुमन गाउँमा घर पुनर्निर्माण गरिएको छ ।

पुनर्निर्माणपछिको थुमन गाउँ [तस्बिरहरु]
पुनर्निर्माणपछिको थुमन गाउँ [तस्बिरहरु]

गोसाइाकुण्ड गाउँपलिका–१ मा अवस्थित यो गाउँमा भूकम्पअघि ढुंगाको गारो र स्थानीय भाषामा ‘पाङलिङ’ भनिने काठको फलेकका छाना थिए । स्थानीय मौलिक परम्पराका घरहरु थिए । पुनर्निर्माणसँगै गाउँको पुरानो संरचना फेरिएको छ । अहिले जस्ताको छाना, काठैकाठ र सिसा प्रयोग गरेर घर पुनर्निर्माण गरिएको छ तर चिटिक्क र सुन्दर देखिएको छ । तामाङ समुदायको बसोबास भएकाले यो गाउँ सांस्कृतिक रूपमा समेत पनि धनी छ । यो गाउँ तामाङ सम्पदा पदमार्गभित्र पर्छ ।

पुनर्निर्माणपछिको थुमन गाउँ [तस्बिरहरु]

पुनर्निर्माणपछिको थुमन गाउँ [तस्बिरहरु]

पुनर्निर्माणपछिको थुमन गाउँ [तस्बिरहरु]

पुनर्निर्माणपछिको थुमन गाउँ [तस्बिरहरु]

पुनर्निर्माणपछिको थुमन गाउँ [तस्बिरहरु]

पुनर्निर्माणपछिको थुमन गाउँ [तस्बिरहरु]

प्रकाशित : माघ ४, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?