१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु

काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सर्वोच्चको गत शुक्रबारको आदेशअनुसार आइतबारदेखि प्रतिनिधिसभा विघटनको निवेदनमाथि निरन्तर सुनुवाइ हुँदै छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु

आइतबार निवेदकका तर्फबाट बहस सुरु भएको हो । सुरुमा निवेदक अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दै छन् । त्यसपछि सरकारी पक्षले निर्णयको प्रतिरक्षा गर्नेछ । अनि मुद्दा हाल्ने निवेदकहरूका तर्फबाट फेरि जवाफ दिइनेछ ।

अदालतका सहयोगीहरूले पनि यही क्रममा आफ्नो राय दिनेछन् । इजलासले निश्चित समय तोकेर दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्न आदेश दिन सक्छ । त्यसपछि निश्चित अवधि राखेर इजलासले प्रतिनिधिसभा विघटन संविधानसम्मत थियो वा थिएन भन्ने निर्णय सुनाउनेछ ।

प्रकाशित : माघ ४, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?