१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संसद् पुन:स्थापनाका लागि आन्दोलन सशक्त बनाउनुपर्छ : नेता पाण्डे

देवनारायण साह

मोरङ — दाहाल-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको दैनिक बेन्च बस्ने भएकाले संसद् पुन:स्थापनाका लागि दबाब सिर्जना गर्न आन्दोलन सशक्त बनाउन सबैलाई आग्रह गरेका छन् ।

संसद् पुन:स्थापनाका लागि आन्दोलन सशक्त बनाउनुपर्छ : नेता पाण्डे

विराटनगरमा आइतबार मोरङमा दाहाल-नेपाल समूहका नेता, कार्यकर्तासँगको भेटघाटमा पाण्डेले प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम असफल पार्न सबैलाई एकजुट भएर आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताएका हुन् ।

‘संविधान र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समेत प्रतिनिधिसभा विघटन गर्न मिल्दैन,’ उनले भने, ‘त्यसैले सर्वोच्च अदालतको निर्णय पुन:स्थापना नै हुन्छ तर त्यसका लागि दबाब सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।’ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना नगरेको अवस्थामा राजनीतिक अस्थिरताले द्वन्द्व निम्तिनुका साथै मुलुक अँध्यारो सुरुङमा फस्ने पाण्डेको भनाइ थियो ।

दिनरात नभनी आन्दोलनमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए । उनले माघ ९ गतेको काठमाडौंको र माघ १६ गतेको विराटनगरमा हुने विरोधसभामा १/१ लाखभन्दा बढी मानिसको उपस्थिति गराउनतिर लाग्न पनि निर्देशन दिएका छन् ।

अब आन्दोलनमा प्रमुख शत्रुमाथि प्रहार गर्नका लागि बाँकीलाई समेटर अघि बढ्नुपर्ने भन्दै पाण्डेले जनता समाजवादी पार्टी, कांग्रेसलगायतका दलसँग सहकार्य गरेर आन्दोलनलाई सशक्त बनाउन लागि परेको बताए ।

प्रकाशित : माघ ४, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?