२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

२४ घण्टामा ३२२ संक्रमित थपिए, ३७४ कोरोनामुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा सोमबार थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ६ सय ४४ संक्रमितको संख्या पुगेको छ ।

२४ घण्टामा ३२२ संक्रमित थपिए, ३७४ कोरोनामुक्त

त्यसैगरी २४ घण्टामा ३७४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ८ सय ६१ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख १६ हजार ७ सय ५८ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ सय २१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६५ जना रहेको छ ।

प्रकाशित : माघ ५, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?