कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

उम्मेदवारीपछि भूसालको प्रश्‍न - 'पार्टी र सरकार किन टिकाउन सकेनौं ?'

काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र विचार, सिद्धान्त र मार्क्सवाद ज्यूँदो छ भन्ने सन्देश दिन उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । सौराहामा जारी महाधिवेशनका क्रममा सोमबार बिहान उनले उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

उम्मेदवारीपछि भूसालको प्रश्‍न - 'पार्टी र सरकार किन टिकाउन सकेनौं ?'

उनले पार्टीलाई दलाल पूँजीवादले कब्जा गरिदिने भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेका गरेका थिए । 'पार्टीभित्र विचार, सिद्धान्त र मार्क्सवाद ज्यूँदो छ भन्ने सन्देश दिनका लागि मैले उम्मेदवारी दिएको हुँ,' उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने ।

यस्तै एमाले निर्माणका लागि क्रियाशील पुराना कार्यकर्ताहरूको प्रतिनिधिहरूको प्रतिनिधिको रुपमा पनि आफूले उम्मेदवारी दिएको उनले बताए । तर आफ्नो पक्षमा कुनै प्यानल नभएको नेता भूसालको भनाइ छ । उनले भनेका छन्, '१० बुँदेको गुट सधैँका लागि नबुझ्न आग्रह गर्दछु । एउटा खास समयमा हामी एक ठाउँमा उभिएका हौं । सधैँका लागि हैन । मैले ९औं महाधिवेशनमा पनि प्यानल नबनाउन अन्तिमसम्म अडान लिएको थिएँ । त्यसैले अहिले पनि म प्यानलको पक्षमा छैन ।'

नेता भूसालले प्रतिनिधिसभा विघटन र सरकारबाट बाहिरिनु परेको मुद्दालाई लिएर समीक्षा गर्नुपर्ने संकेत गरेका थिए । 'एकीकृत पार्टी किन फुट्यो भन्नेबारेमा हामी बेखबर भएर हिँडिरहेका छौँ । पार्टीमा गल्तीका प्रशस्त सम्भावना छन् । अहिले पनि गल्ती भइरहेका छन् । संसारमा एउटा मोडेल देखाउन सक्ने अवस्थाबाट हामी किन चुक्यौँ ? आफ्नै पार्टी किन टिकाउन सकेनौं ? आफ्नै सरकार किन टिकाउन सकेनौं ?,' उनले भने, 'भन्दा त तिमीहरूले किन भत्कायौ भन्न सकिन्छ । तर त्यो स्थिति नै किन आयो भन्नेबारे हामी बेखबर भएर हिँडिरहेका छौं । त्यसबारे अहिले हामी आँखा बन्द गरेर हिँड्न खोज्दैछौं । यसले हामीलाई हाम्रो लोकतन्त्रलाई समाजवादलाई कम्युनिस्ट आन्दोलनलाई धेरै डरलाग्दा खतरातर्फ लैजानेवाला छ । त्यसैले पनि मैले उम्मेदवारी दिएको हुँ ।'

एमाले महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रमा केपी ओलीको प्रस्तावमा ३०१ केन्द्रीय कमिटीसहितको नामावली सार्वजनिक भएको थियो । जसमा १९ जना पदाधिकारीको सूचीसमेत सार्वजनिक गरिएको छ । जहाँ नेता भूसालको नाम भने अटाएको छैन । जaकि उनले यसअघि नै उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

उक्त प्रस्ताव आएसँगै भूसालसहित अध्यक्ष पदमा भीम रावल, सचिव पदमा भीम आचार्य साथै अरु असन्तुष्ट नेताहरूले केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित : मंसिर १३, २०७८ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?