१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेसको निर्वाचन तालिका फेरबदल

काठमाडौँ — कांग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरिएको छ । उद्घाटन हुने मिति यथावत् राख्दै महाधिवेशनमा मनोनयनको तालिका फेर्ने निर्णय कांग्रेसका प्रमुख तीन नेताको बैठकबाट गरिएको हो । सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले मनोनयन तालिका परिमार्जन गरेको हो ।

कांग्रेसको निर्वाचन तालिका फेरबदल

परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन अब १७ गतेका लागि सारिएको छ । यस्तै, केन्द्रीय महाधिवेशनमा मंसिर २१ गते हुने भनिएको उम्मेदवारहरूको मनोनयन दर्ता मंसिर २५ गतेका लागि सारिएको छ ।

महाधिवेशन उद्घाटनको मिति भने नसारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

'यसलाई महाधिवेशन सारिएको भन्न मिल्दैन, प्रविधिक रूपमा मिलाउनका लागि १५ गतेलाई १७ गते मनोनयन दर्ता हुने व्यवस्था मिलाउन मात्र लागिएको हो,' संयोजक घिमिरेले भने, 'महाधिवेशनको तालिका परिवर्तन भएको छैन ।'

प्रकाशित : मंसिर १३, २०७८ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?