२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नाकामा एन्टिजेन पोजिटिभ देखिएकाको नमुना जीन सिक्वेन्सिङका लागि एनपीएचएलमा पठाउनुपर्ने

काठमाडौँ — नेपालका विभिन्न नाकामा परीक्षण मापदण्ड अनुसार कोभिड-१९ को एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएकाहरूको थप नमुना संकलन गरेर जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन स्वास्थ्य सेवा विभागले हेल्थ डेस्कहरुलाई अनुरोध गरेको छ ।

नाकामा एन्टिजेन पोजिटिभ देखिएकाको नमुना जीन सिक्वेन्सिङका लागि एनपीएचएलमा पठाउनुपर्ने

नेपालमा कोरोना संक्रमण घट्दो क्रममा भएपनि दक्षिण अफ्रिका तथा केही मुलुकहरुमा नयाँ भेरियन्ट 'ओमिक्रोन' देखिएकाले सजगता अपनाउन थप परीक्षण सुरु गर्न विभागले पत्राचार गरेको हो ।

सोमबार एक सूचना जारी गर्दै विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले परीक्षण मापदण्डअनुसार एन्टिजेन परीक्षणमा पोजिटिभ आएकाहरुको थप नमुना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाउने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

विभागले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई भने नाकाहरुबाट संकलित नुमनाहरुको जीन सिक्वेन्सिङ परीक्षण मिलाउनुपर्ने बताएको छ ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले सबै सीमा नाकाहरुमा संकलित कोभिड-१९ एन्टिजेन पोजिटिभ नमुनालाई एनपीएचएलसम्म पुर्‍याउनका लागि समन्वय तथा सहजीकरण गर्न तथा प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रले संकलित नमुनाहरुलाई राष्ट्रिय प्रयोगशालासम्म पुर्‍याउने व्यवस्था गर्नका लागि सूचनामार्फत आग्रह गरेको छ ।

प्रकाशित : मंसिर १३, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?