कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमल थापालाई जबराको साथ, लिङ्देनको पक्षमा लोहनी

मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन अध्यक्षमध्येका एक प्रकाशचन्द्र लोहनीले आगामी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई सघाउने भएका छन् । नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै आउँदो महाधिवेशनमा अध्यक्षका उम्मेदवार लिङ्देनलाई आफ्नो समर्थन रहने लोहनीले बताए । 

कमल थापालाई जबराको साथ, लिङ्देनको पक्षमा लोहनी

‘पशुपतिजीले २० वर्ष र कमलजीले १५ वर्ष पार्टीको नेतृत्व सम्हाली सक्नु भएको छ । मैले एकवर्ष मात्रै नेतृत्व लिएँ, ’ उनले भने, ‘आगामी महाधिवेशनमा अध्यक्षमा मलाई समर्थन गर्नुस भनेको थिए । तर,उहाँहरु नै अघि सर्नु भएकाले मेरो साथ युवा साथीहरुलाई छ ।’

तीन महिनाअघि नै नेतृत्वको लागि आफूले दुई अध्यक्षको साथ मागेको र नपाएपछि अब नयाँ पुस्ताको नेतृत्वमा पार्टी सञ्चालन हुनुपर्ने पक्षमा रहेको उनले बताए । आगामी महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष कमल थापाले सोमबार उम्मेदवारी घोषणा गरिसकेका छन् ।

शुक्रबार लिङ्देनले अध्यक्ष र महामन्त्रीमा नेपालगन्ज उपमहानगरका मेयर धवल शम्सेर राणाले उम्मेदवारी घोषणा गरिसकेका छन् । यो समूहलाई लोहनीले साथ दिएका हुन् । त्यस्तै, थापालाई भने अर्का अध्यक्ष पशुपति शमसेर जबराको समूहले साथ दिएका छन् ।

घोषणा सभा कार्यक्रममा जबरा पक्षका नेता ध्रुवबहादुर प्रधान, धर्मराज जोशी, जितबहादुर शाही, जयन्त चन्दलगायतका नेताहरु सहभागी भए । प्रधानले अध्यक्ष जबराको समर्थन कमल थापालाई रहेको जानकारी दिए । उनी थापाको समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । जबरा समूहका नेता भुवन पाठक थापाकै समूहबाट महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

थापाको उम्मेद्वारी घोषणा सभामा जबरा उपस्थित नभएपनि उनी पक्षका नेताहरु भने सहभागी थिए । जबराले पनि पार्टी एकताको लागि उम्मेद्वारी नदिएर आफूलाई सहयोग गर्ने थापाले बताए । ‘पार्टीलाई एकताबद्ध गर्न मलाई साथ हुने बताउनु भएको छ, ’ उनले भने । वरिष्ठ सबै नेताको आफूलाई साथ रहेको बताएपनि दुबै नेता उनको घोषणा सभामा उपस्थित थिएनन् ।

प्रकाशित : मंसिर १३, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?