२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा पुनः निर्वाचित

काठमाडौँ — कांग्रेस भक्तपुरको सभापतिमा दुर्भल थापा पुनः निर्वाचित भएका छन् । १४ औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि सभापतिमा चुनेको हो । थापाले ५५५ मत प्राप्त गरे । अर्का प्रत्यासी अष्टकुमार कवेले ४४२ मत पाए ।

कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा पुनः निर्वाचित

१३ औँ महाधिवेशनमा पनि थापा र कवेकै बीचमा प्रतिस्पर्धा भएको थियो । सभापति थापा केन्द्रीय सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । कवे नेता प्रकाशमान सिंहनिकट हुन् ।

यस्तै, उपसभापतिमा विजेश अवाल र उमिला वन, सचिवमा सुशील बस्नेत र राजेश खड्का, सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपाने विजयी भएका छन् । सबै सभापति थापाकै प्यानलका हुन् ।

प्रकाशित : मंसिर १४, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?