कांग्रेस महाधिवेशन

५६ जिल्लामा कांग्रेसले चुन्यो नयाँ नेतृत्व, कुन जिल्लामा को ? 

२५ जिल्लामा देउवा समूह, २८ जिल्लामा पौडेल समूह र ३ जिल्लामा सिटौला समूहका नेताहरु जिल्ला सभापतिमा चुनिएका छन् ।

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ५६ जिल्लाको अधिवेशन सकिएको छ । ती जिल्लामा सभापतिसहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लागिसकेको छ ।  ५६ जिल्लाको परिणाम आएकोमध्ये २५ जिल्लामा सभापति शेरबहादुर देउवा पक्षका नेता सभापतिमा चुनिएका छन् ।

५६ जिल्लामा कांग्रेसले चुन्यो नयाँ नेतृत्व, कुन जिल्लामा को ? 

त्यस्तै, २८ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले जिल्ला सभापति जितेका छन् भने नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले ३ जिल्लामा सभापति जितेका छन् ।

कुन जिल्लामा को बनेँ सभापति ?

देउवानिकट सभापतिहरू

काभ्रे – तीर्थ लामा

उदयपुर– हिमाल कार्की

भक्तपुर – दुर्लभ थापा

रुपन्देही – रामकृष्ण खाँण

इलाम– डम्बर खड्का

कास्की – किशोरदत्त बराल

कञ्चनपुर– पदम बोगटी

सुर्खेत – खड्गबहादुर पोखरेल

तनहुँ – जितप्रकाश आले

पर्वत– युवराज जोशी

डोटी – नरेन्द्रबहादुर सिंह

डोल्पा– दीपेन्द्रबहादुर शाही

जुम्ला – कर्णबहादुर शाही

जाजरकोट – बेदराज सिंह

ओखलढुंगा– तेजेन्द्र खनाल

लमजुङ – टकराज गुरुङ

डडेलधुरा – भीमबहादुर साउद

पाँचथर – रुपनारायण जवेगु

सल्यान – केसबहादुर बिष्ट

मनाङ – शंकर गुरुङ

हुम्ला – मोहनविक्रम सिंह

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ

रामेछाप – कान्छाराम तामाङ

मुगु – ऐनबहादुर शाही

म्याग्दी – खमबीर गर्बुजा

बझाङ – खडक बोहरा


पौडेल समूहनिकट सभापतिहरू

कपिलवस्तु – अब्दुल कलाम खाँ

नवलपरासी पश्चिम – अर्जुनकुमार पोखरेल

दैलेख – मणिराम रेग्मी

दाङ – शंकरप्रसाद डाँगी

नुवाकोट – रमेश महत

काठमाडौं – सबुजकृष्ण बानियाँ

धादिङ – रामनाथ अधिकारी

गुल्मी – खिलध्वज पन्थी

ललितपुर – जितेन्द्रकुमार श्रेष्ठ

सुनसरी – केदार भण्डारी

दार्चुला– ललितसिंह बोहरा

खोटाङ – विष्णुकुमार राई

पाल्पा – हिमालदत्त श्रेष्ठ

स्याङ्जा – राजु थापा

रोल्पा – किशोर आचार्य

रुकुम पश्चिम – प्रेमप्रकाश वली

तेह्रथुम – अर्जुनबहादुर तुम्बाहाङ्फे

भोजपुर – विनोद बान्तावा

प्यूठान – विष्णुकुमार गिरी

अर्घाखााची – केशव श्रेष्ठ

बैतडी – चतुरबहादुर चन्द

रुकुमपूर्व – केशरमान रोका

मुस्ताङ – रोमी गौचन थकाली

संखुवासभा – दिपक खड्का

गोरखा – नन्दप्रसाद न्यौपाने

दोलखा – बर्मा लामा

कालिकोट – अम्मबहादुर शाही

बाजुरा – रामसिंह रावल

सिटौला समूहनिटक सभापतिहरू

झापा – देउमान थेबे

बागलुङ – जितबहादुर शेरचन

प्रकाशित : मंसिर १४, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?