२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सामान्य छ : चिकित्सक

काठमाडौँ — कोभिड निमोनिया देखिएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा सोमबार साँझदेखि भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।  

प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सामान्य छ : चिकित्सक

अस्पतालका चिकित्सक डा. प्रविण नेपालका अनुसार प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया देखिएको छ । 'सम्माननीयज्यूको स्वास्थ्य अवस्था अहिले सामान्य छ,' उनले भने, 'हामीले कोभिड प्रोटोकल अनुसारका औषधि सुरु गरेका छौं ।'

प्रधानन्यायाधीश जबरालाई सोमबार संक्रमण पुष्टि भएको थियो । आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए ।

त्यसको केही घण्टापछि उनको रिपोर्ट कोभिड पोजिटिभ आएको थियो ।

प्रकाशित : मंसिर १४, २०७८ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?