कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अध्यक्ष पदबाट विश्राम लिन थापालाई लिङ्देनको आग्रह

'म अध्यक्ष बन्दा कसैले अपमानित महसुस गर्नु पर्दैन'

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका पूव महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले अध्यक्ष कमल थापालाई अध्यक्ष पदबाट विश्राम लिन आग्रह गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा लिङ्देनले समयको पद्चाप बुझेर एकपटक 'स्टेपडाउन' गर्न भन्दै विश्राम लिन आग्रह गर्दै आफू अध्यक्ष बन्दा कसैले अपमानित महसुस गर्नु नपर्ने बताएका हुने ।

अध्यक्ष पदबाट विश्राम लिन थापालाई लिङ्देनको आग्रह

उनले भने, ‘श्रद्धेय कमल थापा, उहाँलाई पनि आग्रह गर्न चाहान्छु, समयको पदचापलाई बुझ्नुहोस् । कार्यकर्ताको आवाजलाई बुझ्नुहोस् । राप्रपाभित्रका यी दुई, चार हजार प्रतिनिधि मात्र होइन, देश बाहिरका, राप्रपा बाहिरका लाखौंलाख राप्रपाका शुभेच्छुकहरु के भनिराखेका छन्, के चाहिराखेका छन्, कार्यकर्ताको त आवाज छदैछ, एकचोटी विश्राम गर्नुस् । एकचोटी स्टेपडाउन गर्नुस् । तपाईं राप्रपा छोडेर भाग्नोस् भन्ने होइन । तपाईं राजनीतिबाट भाग्नोस् भन्ने होइन, म बन्नुमा तपाईंको पनि लगानी छ । तपाईंको पनि मेहनत छ । राजेन्द्र लिङ्देन अध्यक्ष बन्दाखेरी कसैले अपमानित महशुस गर्नुपर्दैन ।’

उनले पार्टीभित्रको मात्रै नभई देशकै अपरिहार्य आवश्यकताले आफूले पार्टीको नेतृत्व लिन चाहेको बताए । नेता लिङ्देनले देश र धर्म बचाउनका लागि राप्रपा बलियो बनाउनुपर्ने बताए ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा रहेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । सोही कार्यक्रमा लिङ्देनले अध्यक्ष थापालाई अध्यक्षबाट विश्राम लिन आग्रह गरेका हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक भएको बताएका थिए । उनले पार्टीभित्र नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने आफ्नो भनाई र विश्वास रहेको उल्लेख गर्दै राप्रपाको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनको पक्षमा उभिएको बताए ।

प्रकाशित : मंसिर १४, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?