देश निर्वाचनमय भयो : अध्यक्ष दाहाल

घनश्याम गौतम

रूपन्देही — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक निर्वाचनमा होमिएको बताएका छन् । तत्काल देख्दा महाविधेशनको माहोल देखिएपनि ती सबै चुनावको तयारी जस्तै बनेको उनले बताए । 

देश निर्वाचनमय भयो : अध्यक्ष दाहाल

माओवादी केन्द्रका रूपन्देही जिल्ला इन्चार्ज एवं केन्द्रीय नेता रामप्रसाद बञ्जाडे (टंकमणी)को शोक सभाका लागि मंगलबार बुटवल आएका अध्यक्ष दाहालले लोकतन्त्रको लागि चुनाव महत्वपूर्ण भएको बताए । तर, चुनाव स्वच्छ, निष्पक्ष, धाँधलीरहित र जनताको सहज पहुँचमा हुनुपर्नेमा सबै राजनीतिक दलको ध्यान जानुपर्ने बताए ।

‘सबै दलका सभा, सम्मेलन र महाधिवेशनहरु सबै आउने चुनावको तयारी जस्तै बनेका छन्,’ उनले भने, ‘तर, चुनाव स्वच्छ, निष्पक्ष, धाँधलीरहित र जनताको सहज पहुँचमा पुर्‍याउन राजनीतिक दलहरुले पनि आपसी समझदारी र सहकार्य गरेर अघि बढ्नु जरुरी छ ।’

देशलाई राजनीतिक स्थायित्व, विकास र सम्बृद्धितिर लैजानु सबै राजनीतिक दलको दायित्व भएको पनि उनले बताए ।

प्रकाशित : मंसिर १४, २०७८ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?