कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा थपिए २८५ संक्रमित, २५९ जना निको

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २८५ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ९१९ जनामा पीसीआर परीक्षण गर्दा २८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थपिए २८५ संक्रमित, २५९ जना निको

यस्तै, १८०८ जनामा एन्टिजेन परीक्षण गर्दा ३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । बुधबार थप २५९ जना संक्रमणमुक्त भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तीनजना मृतक थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ पुगेको छ । यस्तै, ९८ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल कोरोना संक्रमण निको दर ९७.७ प्रतिशत रहेको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?