१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रेल चलाउन कानुनी रुपमा बाटो खुला

काठमाडौँ — रेल-वे अध्यादेश जारी भएसँगै रेल सञ्चालनका लागि बाटो खुला भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश, २०७८ जारी गरेसँगै रेल चलाउनका लागि कानुनी रुपमा बाटो खुल्ला भएको हो । 

रेल चलाउन कानुनी रुपमा बाटो खुला

नेपाल रेल-वे कम्पनी महाप्रबन्धक नीरञ्जन झाका अनुसार अब बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढाइने छ । ‘रेल चलाउन कानुनी रुपमा अब हामीलाई समस्या छैन,’ महाप्रबन्धक झाले भने, ‘अबको दुई महिनाभित्र रेल चलाउने गरी बाँकी रहेका सबै काम टुंग्याउने छौं ।’ उनका अनुसार अर्थ मन्त्रालयसँग अहिले बजेट थपका लागि कुरा भइरहेको छ । खातामा रहेको २५ करोड रुपैयाँ चलाउन अर्थले पत्र दिइसकेको उनको भनाइ छ । यसका लागि सञ्चालक समितिको बैठक बसेर बजेट पास गराउने तयारी भएको छ ।

अर्थसँग तत्कालका लागि ३५ करोड रुपैयाँ माग गरिएको महाप्रबन्धक झाले बताए । ‘संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र पारित हुन सकेन भने मात्रै अध्यादेश निस्क्रिय हुने हो,’ उनले भने, ‘त्यसैले यो समयभित्र कर्मचारी व्यवस्थापन, बजेट, भाडादर निर्धारण सबै काम सक्ने छौं, रेल चलाउने अब यो मिति नाघ्ने छैन ।’

जयनगर–कुर्था खण्डमा चलाउन एक वर्षअघि भारतबाट ल्याएका दुई वटा रेल सेट अझै थन्किराखेका छन् ।

तयारीबिना हतारिएर रेल ल्याउँदा अहिले थन्क्याएर राखिएको छ । रेल चलाउन कानुन, कर्मचारी केही नहुँदा समस्या भएको हो । अहिले जयनगरदेखि कुर्थासम्मको ३४ दशमलव ९ किलोमिटरमा रेल चलाउने तयारी हो ।


प्रकाशित : मंसिर १५, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?