कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
राप्रपा महाधिवेशन 

प्यानलसहित उम्मेदवारी दिन थापा र लिङ्देन नेता तानातानमा  

मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी कार्यकालको लागि कमल थापा र राजेन्द्र लिङ्देनले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् । एउटै व्यक्तिलाई दुवैले आफ्नो प्यानलमा पार्न कोसिस गरिरहेका छन् । 

प्यानलसहित उम्मेदवारी दिन थापा र लिङ्देन नेता तानातानमा  

चितवनका विक्रम पाण्डेलाई दुवै समूहले उपाध्यक्षको सूचीमा राखेका छन् । थापाको प्यानलमा उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्कीलाई समेट्न खोजिएको छ । त्यस्तै महामन्त्रीमा भुवन पाठक र कुन्ती शाही सम्भावित सूची तयार गरिएको थापा निकट एक नेताले बताए ।

त्यस्तै लिङ्देन प्यानलबाट उपाध्यक्षमा रामचन्द्र राय र दिलविकास राजभण्डारीलाई सूचीमा राखिएको छ । महामन्त्रीमा धवलशम्शेर जबरा उम्मेदवार हुने निश्चित छ । अभिनेतृ रेखा थापाले पनि महिलातर्फ महामन्त्रीमा उम्मेदवारी दिने महाधिवेशनस्थलमा घोषणा गर्दै प्रचार थालेकी छन् । महाधिवेशनले पारित गरेको विधानमा १ सय ९९ केन्द्रीय कार्यसमितिमध्ये ६६ जना महिला हुने व्यवस्था गरिएको छ । विधानमा केन्द्रीय कार्यसमितिमा अध्यक्ष १, उपाध्यक्ष ६, महामन्त्री ६ र कोषाध्यक्ष १ जना हुने व्यवस्था छ । त्यस्तै सहमहामन्त्री ७, सहायक महामन्त्री ७, सहकोषाध्यक्ष १ र सहायक प्रवक्ताहरु हुनेछन् । महाधिवेशनबाट अध्यक्ष, एक महिलासहित ३ उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चुनिनेछन् ।

केन्द्रीय सदस्य ५८ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने प्रावधान थपिएको छ । आदिवासी जनजातिबाट १४, मधेसबाट ११, उत्पीडित ३, मुस्लिम ३, कर्णाली तथा पिछडिएका क्षेत्र २, थारू २, प्रवासबाट २ जना छानिने छन् ।


प्रकाशित : मंसिर १५, २०७८ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?