कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

एमाले महाधिवेशनलाई लक्षित गर्दै शर्माले भने- 'हामी भीडमा हैन ब्यालेटमा विश्‍वास गर्छौं'

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले भीडमा नभएर ब्यालेटमा विश्वास गर्ने बताएका छन् । कांग्रेसले १४औं महाधिवेशनको अन्तिम तयारी गरिरहँदा नेता शर्माले भीड जम्मा नगरिकन शालीन रुपमा प्रचार गर्ने बताएका हुन् ।

एमाले महाधिवेशनलाई लक्षित गर्दै शर्माले भने- 'हामी भीडमा हैन ब्यालेटमा विश्‍वास गर्छौं'

'कांग्रेसले शालीन प्रचार गर्छ। संगठनको शालीनता प्रदर्शन गर्छ। धेरै भीड जम्मा हाम्रो ध्यान छैन,' ललितपुरमा बिहीबार बिहान सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा प्रवक्ता शर्माले भने । उनले हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनलाई लक्षित गर्दै आफूहरूले होडवाजी गरेर भीड जम्मा नगर्ने बताएका थिए ।

उनले भनेका छन्, 'अहिले एमालेले यति गर्‍यो भनेर होडबाजी गर्ने कुरा छैन। हामी भीडमा हैन ब्यालेटमा बक्समा विश्वास गर्छौं । त्यसैले हामी हाम्रो शक्ति आगामी चुनावमा ब्यालेट बक्समा देखाउँछौं ।'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन अन्तर्गत बिहीबार दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन गर्दै महाधिवेशनको लोगोसमेत सार्वजनिक गर्नेछन् ।

प्रकाशित : मंसिर १६, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?