२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कांग्रेसले डेढ लाख पदमा छान्यो नयाँ नेतृत्व, ९४ प्रतिशत पदमा निर्विरोध

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवशेनअन्तर्गत अहिलेसम्म करिब एक लाख ५० हजार पदको निर्वाचन भएको छ । केन्द्रीय प्रचार विभागकाअनुसार वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तथा क्षेत्रीय, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत गरी अहिलेसम्म करिब एक लाख ५० हजार पदको निर्वाचन प्रक्रिया पूरा भएको हो ।

कांग्रेसले डेढ लाख पदमा छान्यो नयाँ नेतृत्व, ९४ प्रतिशत पदमा निर्विरोध

तीमध्ये ९४ प्रतिशत पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । विभागका प्रमुख एवम् पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म देशभर डेढ लाख पदमा नयाँ नेतृत्व चयन भएको जानकारी दिए । ‘अहिलेसम्म करिब डेढ लाख पदमा नेतृत्व चयन भइसक्यो । अझै त्यो संख्या बढ्दो छ,’ उनले भने, ‘त्यसमध्ये ६ प्रतिशत पदमा मात्रै चुनावी प्रतिस्पर्धा भएको छ भने बाँकीमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।’

कांग्रेसले देशैभरी अधिकांस वडा र पालिकाको नेतृत्वमा सर्वसम्मत नेतृत्व गरेको छ । त्यस्तै, कतिपय प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयन गरेको छ । प्रवक्ता शर्माले थोरै पदहरू मात्रै चुनावी प्रतिस्पर्धा भएको बताए ।

अहिलेसम्म प्राप्त परिणामअनुसार १ लाख ४१ हजार ४३ पदमा सर्वसम्मत नेतृत्व चयन भएको प्रविधि समितिका संयोजक दिपेश विष्टले बताए ।

उनका अनुसार नेतृत्वमा पुगेकामध्ये ६८ हजार ८३२ जना खसआर्य समुदायका छन् । त्यस्तै, थारु समुदायका ५ हजार ८ सय २७, अपांगता भएका १ हजार ८ सय ६४ र आदिवासी जनजाति समुदायका ४१ हजार २ सय ५६ जना रहेका छन् ।

प्रकाशित : मंसिर १६, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?