कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

देशभर कांग्रेसका ८ लाख ४० हजार १०६ सदस्य 

काठमाडौँ — कांग्रेसले १४ औँ महाधिवेशनको संघारमा बल्ल आफ्ना क्रियाशील सदस्यको यकिन गरेको छ । वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला हुदै सिफारिस भएर आएका सदस्यहरूको पूर्ण विवरण छानबिन गरी कांग्रेसले क्रियाशील सदस्यको संख्या यकिन गरेको हो ।

देशभर कांग्रेसका ८ लाख ४० हजार १०६ सदस्य 

प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनका लागि ७७ वटै जिल्लामा गरी ८ लाख ४० हजार १०६ जना सदस्यको संख्या यकिन भएको जानकारी दिए । यसअघि १३ औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्या ४ लाख ७० हजारमात्रै थियो । कांग्रेसले त्यो संख्यालाई दोब्बर पुर्‍याउने लक्ष्यअनुरुप यसपटक सदस्यता वितरण गरेको थियो ।

जसमध्ये ४ लाख १० हजार ६८४ जना पुरानै सदस्य हुन् भने ४ लाख २९ हजार ४२२ जना नयाँ सदस्य थपिएका हुन् । कांग्रेसले ०७६ सालमै क्रियाशील सदस्यताको आवेदन खुलाएपनि त्यसको छानबिन गरी सदस्यताको टुंगो लगाउन दुई वर्ष लगाएको हो ।

तैपनि सदस्यताको विषय निर्विवाद बन्न सकेन । कतिपय पुराना सदस्यले आफ्नो सदस्यता नवीकरण नभएको गुनासो गर्दै अनसन बस्न बाध्य भए, त कतिपय नयाँ सदस्यले सदस्यता लिन नपाएको गुनासो गरे । सदस्यताकै विवादले कांग्रेसको महाधिवेशन पटक–पटक प्रभावित भयो । अहिले पनि सदस्यताकै कारण हतारमा महाधिवेशनको कार्यतालिका ल्याउँदा केन्द्रीय महाधिवेशनअघि १६ जिल्लाले अधिवेशन गर्न नसक्ने अवस्था बनेको छ ।

केन्द्रीय महाधिवेशनअघि जिल्ला अविधेशन नहुने जिल्ला

कैलाली, अछाम, बाँके, सिन्धुली, चितवन, मकवानपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, सिन्धुपाल्चोक, नवलपरासी (बर्दघाटपूर्व)

कुन प्रदेशमा कति ?

प्रदेश १ – १,७४,८१३

प्रदेश २ – १,००,९९९

बाग्मती – १,८६,३३५

गण्डकी – १,१८,१४५

लुम्बिनी – १,३१,११७

कर्णाली–५३,५९६

सुदुरपश्चिम–७५,१०१

उमेर समूहका आधारमा

१६ देखि २५– ३८,९४२

२६ देखि ४० – २,४३,२८७

४१ देखि ६०– ३२११७४

६१ देखि ७५– ८१६४७

७६ देखि माथि– ११,६२३

लैङ्गिक आधारमा

पुरुष– ६,४४,५६५

महिला– १,९५,३७२

अन्य– १६९

समावेशिताका आधारमा

खस आर्य – ३,६७,२७४

दलित – ४४, १७७

आदिवासी जनजाति– २,०६,७३६

मधेशी– ८९,४३९

मुस्लिम– १६,१८२

थारु– २७,३३७

पिछडिएका क्षेत्र– १४,३०६

अपांगता– १८२

अल्पसंख्यक– ६,६२५

प्रकाशित : मंसिर १६, २०७८ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?