कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राष्ट्रपति भण्डारी कपिलवस्तुमा

मनोज पौडेल

कपिलवस्तु — राष्ट्रपति विद्यादेवी भण्डारीले बाणगंगा नगरपालिका-२, नन्दनगरस्थित कैलाश आश्रममा पूजाआजा गरेकी छन् । राष्ट्रकल्याण २७ औं ज्ञानमहायज्ञमा सहभागी हुन उनी कपिलवस्तु आएकी हुन् ।

राष्ट्रपति भण्डारी कपिलवस्तुमा

उनले नेपालमै सबैभन्दा अग्लो बनाउन लागिएको कैलाश विश्वनाथ ज्योर्तिलिंगको शिला पूजा पनि गरिन् ।

१ सय २७ फिट अग्लो ज्योर्तिलिंगको करिब १० करोडको लागतमा बनाउन लागिएको छ । त्यस्तै, उनले आश्रममा निर्मित अष्टचिरिन्जीवी महाकुण्ड अनावरण गरिन् । उक्त अवसरमा आश्रममा २७ विद्यार्थी बटुकबाट स्वस्ति वाचन गरिएको थियो ।

हेलिकप्टरबाट आएकी राष्ट्रपति भण्डारी एक घण्टा पूजाआजा र मन्तव्य राखेर लुम्बिनी फर्केकी थिइन् ।

प्रकाशित : मंसिर १६, २०७८ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?