१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अभिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् । 

संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंसिर २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिए ।

प्रवक्ता आचार्यले विज्ञप्तिमा भनेका छन्, 'राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/८/१६ को सिफारिसमा सम्वत् २०७८ साल मंसिर २८ गते मंगलबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।'

प्रकाशित : मंसिर १६, २०७८ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?