१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
राप्रपा महाधिवेशन

अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १ लाख 

मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवार बन्न कम्तीमा १५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क लिएर शुक्रबार उम्मेदवारको मनोनयन गर्दैछ । 

अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १ लाख 

निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार राप्रपा अध्यक्षको उम्मेदवार हुनेले एक लाख रुपैयाँ उम्मेदवारी दर्खास्त दस्तुत तिर्नु पर्ने हुन्छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै केन्द्रीय उपाध्यक्षको उम्मेदवारले ७५ हजार, महामन्त्रीले ५० हजार, केन्द्रीय सदस्य बन्न चाहनेले १५ हजार रुपैयाँ दस्तुर तिर्नु पर्ने व्यवस्था गरेको छ । महाधिवेशनले १ सय ९४ जना केन्द्रीय कार्यसमिति चयन गर्ने छ । उम्मेदवारी दर्ताबाट मात्रै पार्टीले कम्तीमा ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको महाधिवेशन स्रोत व्यवस्थापन समितिका एक सदस्यले बताए ।

राप्रपाको महाधिवेशन प्रतिनिधि विवाद भएपछि निर्वाचन प्रक्रिया बिहीबार साँझदेखि सुरु भएको छ । शुक्रबार निर्वाचन हुने भनिए पनि विवाद प्रतिनिधि विवाद टुङ्ग्याउन ढिलाई भएपछि मतदाता नामावली बिहीबार साँझ मात्रै सार्वजनिक गरिएको छ । बस्नेतका अनुसार निर्वाचन प्रक्रिया शनिबार मध्याह्नबाट मात्रै सुरु हुनेछ । उम्मेदवारको मनोनयन भने शुक्रबार हुने उनले बताए ।

प्रकाशित : मंसिर १६, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?