१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

प्रधानन्यायाधीश जबरा डिस्चार्ज

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि सोमबार बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका जबरा शुक्रबार बिहान ९:३० बजे डिस्जार्च भएका हुन् ।

प्रधानन्यायाधीश जबरा डिस्चार्ज

कोभिड-१९ निमोनियाका लागि अस्पताल भर्ना भएका जबरा स्वास्थ्यलाभ गरी फर्किएको अस्पतालका प्रवक्ता डा. प्रबिन नेपालले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराले बिहीबार नै न्यायाधीश हरिकृष्ण कार्कीलाई शुक्रबार डिस्चार्ज हुने जानकारी गराएका थिए । उनले बिदा नबस्ने र सरकारी निवासबाटै काम गर्ने बताएपछि कायममुकायम प्रधानन्यायाधीशको विवाद टुंगिएको थियो ।

बुधबार कानुन व्यवसायीले कायममुकायम प्रधानन्यायाधीशबारे प्रश्न उठाएपछि इजलास प्रभावित भएको थियो । बिहीबार पनि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेपछि पेसी तोक्न ढिलाइ भएको थियो । बिहीबार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकलसहित १० वटा इजलास तोकिएको थियो । बिहीबार न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै हेरेका थिए ।


प्रकाशित : मंसिर १७, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?