१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गठबन्धनले निकास दिँदैन, ताजा जनादेशमा जानुपर्छ : अध्यक्ष ओली

काठमाडौँ — नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएको समस्या समाधानका लागि जनादेशमा जानुपर्ने बताएका छन् । शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पद बहाली गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

गठबन्धनले निकास दिँदैन, ताजा जनादेशमा जानुपर्छ : अध्यक्ष ओली

'अहिले देखिएको समस्या समाधानका लागि ताजा जनादेशमा जानुपर्दछ । अन्यत्रबाट यसको निकास हुँदैन,' अध्यक्ष ओलीले भने, 'गठबन्धनले निकास दिन सक्दैन ।' जनताहरुलाई सबै कुरा थाहा भएको उनको भनाइ थियो ।

यसैगरी अदालतमा देखिएको समस्या अघि न पछि भएको उनले टिप्पणी गरे । 'अदालतको गतिरोधको निकास आउँदैन । गठबन्धनबाट पनि यसको आश गर्न सकिन्न । फैसलाका लागि ताजा जनादेश नै आवश्यक छ ,' उनले भने ।

केही समयमै एमाले जिल्ला अधिवेशनतिर जाँदैछ । चितवनमा दसौं महाधिवेशनका निर्णयहरु निर्वाचन आयोगमा शुक्रबार बुझाउन लागिएको महासचिव शंकर पोखरेलले बताएका छन् ।

प्रकाशित : मंसिर १७, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?