कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२४ घण्टामा थपिए २२३ कोरोना संक्रमित, ३४७ निको

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २२३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४०० जनामा पीसीआर परीक्षण गर्दा २२३ जनामा संक्रमण देखिएको हो । १ हजार ४३६ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयले शुक्रबार सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

२४ घण्टामा थपिए २२३ कोरोना संक्रमित, ३४७ निको

एन्टिजेन र पीसीआर गरी ७ हजार ३३६ परीक्षण गर्दा २४६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ३४७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार १७२ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ३ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । हालसम्म संक्रमणबाट ११ हजार ५३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । २४ घण्टामा १ लाख ७५ हजार ५६७ जनाले खोप लगाएका छन् ।


प्रकाशित : मंसिर १७, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?