कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मौसमका कारण साढे ३ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द 

भिजिबिलिटी कम भएपछि फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट
सुरज कुँवर

काठमाडौँ — हुस्सुका कारण बिहान ६ बजेदेखि सञ्चालनमा आउनुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९:२३ बजेदेखि सञ्चालनमा आएको छ । विमानस्थलमा रहेको टर्मिनल ड्युटी अफिस टीडीओ) का अनुसार साढे ३ घण्टा हाराहारी विमानस्थल बन्द हुँदा कम्तीमा आधा दर्जन अन्तर्राष्ट्रिय उडान सिमरामाथिको आकाशमा होल्डमा परे भने दुबईबाट आउँदै गरेको फ्लाई दुबईको जहाज भारतको लखनऊ डाइभर्ट भयो ।

मौसमका कारण साढे ३ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द 

बिहान ९:२३ अघि काठमाडौं विमानस्थलको भिजिबिलिटी ८ सय मिटरभन्दा कम थियो । काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । भिजिबिलिटी कम भएका कारण साढे ९ बजेसम्म काठमाडौंबाट आन्तरिक उडान पनि हुन सकेनन् ।

टीडीओ कार्यालयका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । काठमाडौंमा हाल दैनिक ५० वटा अन्तर्राष्ट्रिय उडान र ३ सय हाराहारी आन्तरिक उडान (आउने–जाने) हुन्छन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा उत्पन्न भएको जवाद नामको सामुद्रिक चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना रहेको छ ।

विभागका अनुसार सो चक्रवात शनिबार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर पूर्वतर्फ सर्ने देखिएको छ । उक्त चक्रवातका कारण नेपालमा शनिबार रातिबाट प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : मंसिर १८, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?