कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

हेटौंडामा कांग्रेस प्रदेश अधिवेशनमा मतदानको तयारी

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनका लागि हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा शनिबार मतदान प्रक्रिया हुँदैछ । मतदानस्थल बाहिर चुनाव प्रचारप्रसार तथा नाराबाजी भइरहेको छ । ९ बजेदेखि मतदान गर्ने तालिका भए पनि १२ बजेपछि मात्रै मतदान सुरु गर्ने तयारी भएको बताइएको छ ।

हेटौंडामा कांग्रेस प्रदेश अधिवेशनमा मतदानको तयारी

प्रथम अधिवेशनमा ९१ पदका लागि निर्वाचन हुँदैछ । प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीका अनुसार अधिवेशनले सभापतिसहित आठजना पदाधिकारी चयन गर्नेछ । सभापतिमा संस्थापनबाट इन्द्रबहादुर बानियाँ, संस्थापन इतर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिशनरिसंह केसी, कृष्ण सिटौला प्यानलबाट भीमसेनदास प्रधानले उमेदवारी दिएका छन् ।

संस्थापनबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली तथा सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निर्मला बस्ताकोटीले उम्मेदवारी दिएका छन् ।

संस्थापन इतर समूहबाट उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत, महामन्त्रीमा रामचन्द्र अर्याल ‘माइकल’, कञ्चन वादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे, जीवन डंगोल उमेदवार दिएका छन् । प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी, सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन् ।

सदस्यतर्फ खुलामा ८५ जना, समावेशीतर्फ १४८ जनाको उम्मेदवारी परेको छ । अधिवेशनमा १३ जिल्लाका २१ सय ३७ जना सहभागी छन् । अधिवेशनको सुरक्षार्थ करिब २ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको नेतृत्वमा १ सय ९० जना नेपाल प्रहरी र सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ६० जना सशस्त्र प्रहरी गरी जम्मा २ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको रिमालले बताएका छन् । मतदान स्थल, निर्वाचन कार्यालय, मुल गेट र हेटौंडा बजारमा सादा पोसाकका र ट्राफिक प्रहरी सहितको सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?