कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शान्ति सेना २८औं डफ्फाको पहिलो टोली कंगो प्रस्थान

रासस

काठमाडौँ — संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कंगोमा तैनाथ हुन २८औं डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

शान्ति सेना २८औं डफ्फाको पहिलो टोली कंगो प्रस्थान

त्यहाँ तैनाथ भवानीदल गण २७औं डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औं डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो । प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले ६ दशकदेखि संयुक्त राष्ट्रसंघका विभिन्न मिसनमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कोभिड–१९ संक्रमणबीच सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको व्यवस्थापन गरिएको सेनाले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?