१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लिङ्देनलाई बधाई दिँदै निधिले भने– ‘नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण प्रक्रिया प्रारम्भ भयो’

काठमाडौँ — कांग्रेस उपसभापति बिमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् । कांग्रेस महाविधेशनबाट पनि नेतृत्व पुस्तान्तरण हुनुपर्ने भन्दै सभापतिमा दाबी गरिरहेका निधिले लिङ्देनले राप्रपाको नेतृत्वमा लिएसँगै अब नेतृत्व हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको बताएका छन् ।

लिङ्देनलाई बधाई दिँदै निधिले भने– ‘नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण प्रक्रिया प्रारम्भ भयो’

‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाामा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ,’ निधिले आइतबार विज्ञप्तिमार्फत् भनेका छन् ।

उनले लिङ्देन नेतृत्वको राप्रपाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको संविधानको सफल कार्यान्वयनका लागि सहयोग पुर्‍याउने अपेक्षा समेत व्यक्त गरेका छन् ।

प्रकाशित : मंसिर १९, २०७८ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?