१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

 देउवाले पदको दुरुपयोग गरेको सांसद सिंहको आरोप

काठमाडौँ — कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि अब ४ दिन मात्रै बाँकी छ । तर, क्रियाशील सदस्यता विवादका कारण उत्पन्न किचलो अझै समाधान भइसकेको छैन । महाधिवेशनको मुखमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पद र शक्तिको दुरुपयोग गर्दै विधानविपरीत सदस्यहरुमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लागेको छ । 

 देउवाले पदको दुरुपयोग गरेको सांसद सिंहको आरोप

सर्लाही- ४ का सांसद अमरेशकुमार सिंहले आइतबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन गराउन माग गरेका छन् । उनले सभापति देउवाले नै निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल खडा गरी पार्टी र सरकारको पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

'निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल खडा गरी पार्टी र सरकारको पदको दुरुपयोग गरी विधि-विधान निर्देशिका, नियमावली तथा लोकतान्त्रिक प्रक्रिया अबलम्बन नगरी स्वेच्छाचारी, अलोकतान्त्रिक र विभेदकारी पद्धति अवलम्बन गरी अधिवेशन गराउन खोज्नु भएकोप्रति आपत्ति छ,' उनले विज्ञप्तिमार्फत् भनेका छन्, 'उहाँको जिम्मेदारी स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन सम्पन गराउने हो । त्यो जिम्मेदारीको बोध गर्न अपिल गर्दछु।'

सांसद सिंहले सदस्यता लिनको लागि फारम भर्नेदेखि नै विभिन्न प्रकारका जालझेल गरी बिलम्ब गर्ने, फारम नदिने, प्राप्त गरेका फारमहरु पनि पेश हुँदा वड़ा समितिबाट पेश गरेको नामावलीको सट्टामा अरुको नाम आउने आदि समस्याहरु झेल्दै आएकोमा अहिले नेपाल प्रहरीबाट मतदान अधिकृतलाई अपहरण गराउने र गोली चलाउन समेत लगाई क्रियाशिल सदस्यहरुमा भय, डर र त्रास उत्पन्न गराएको आरोप लगाएका छन् । प्रदेश २ का ४ क्षेत्रमा विवादका कारण अधिवेशन हुन सकेको छैन । जसका कारण प्रदेशको अधिवेशन नै रोकिएको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?