१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालले हिन्द महासागरलाई ठूलो महत्व दिन्छ : परराष्ट्र सचिव पौड्याल

काठमाडौँ — परराष्ट्र सचिव भरतराज पौड्यालले पर्यावरण, अर्थतन्त्र र महामारी सम्बन्धी चुनौतिहरूको सामना गर्न नेपाल हिन्द महासागर क्षेत्रका सबै देशहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

नेपालले हिन्द महासागरलाई ठूलो महत्व दिन्छ : परराष्ट्र सचिव पौड्याल

परराष्ट्र सचिव पौड्यालले नेपालले यस क्षेत्रको सुरक्षा, दिगोपना र आर्थिक सम्भावनालाई लिएर हिन्द महासागरलाई ठूलो महत्व दिने बताए ।

यूएईको आवुधावीमा भएको पाँचौं हिन्द महासागर सम्मेलनमा नेपालको तर्फबाट टोलीको नेतृत्व गर्दै ‘हिन्द महासागरः पर्यावरण, अर्थव्यवस्था र महामारी’ विषयमा यस्तो धारणा राखेका थिए ।

‘हाम्रो उच्च भूमिलाई हिन्द महासागरसँग जोड्ने कुनै बाधा बिनाको हार्डवेयर र कनेक्टिभिटीको सफ्टवेयर हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘यसमा सडक, रेलवे, जलमार्ग र पावर–ग्रिड इन्टरकनेक्सन समावेश छ ।’

सम्बोधनको क्रममा सचिव पौड्यालले सन् २०४५ सम्ममा स्वच्छ ऊर्जाको अंश बढाउन र नेट–शून्य कार्बन उत्सर्जन हासिल गर्न नेपाल प्रतिबद्ध रहेको पनि उल्लेख गरेका थिए ।

‘नेपालमा मात्र नभई दक्षिण एसियामा पनि आर्थिक वृद्धिलाई अघि बढाउन जलविद्युत उत्पादन गर्ने प्रचुर सम्भावना छ,’ उनले भने । यस्तै पर्यावरण, अर्थतन्त्र र महामारी सम्बन्धी चुनौतिहरूको सामना गर्न नेपाल हिन्द महासागर क्षेत्रका सबै देशहरूसँग मिलेर काम गर्न तयार रहेको उनले बताएका छन् । पौड्यालले महामारीले अर्थतन्त्रमा मात्र नभई समग्र जीवनमा पनि ठूलो नोक्सान पुर्‍याएको बताए ।

प्रकाशित : मंसिर १९, २०७८ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?