एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा आरम्भ भयो,’ पौडेलले ट्वीटरमा लेखेका छन् ।

शुक्रबार मात्रै एमाले महासचिव शंकर पोखरेललाई पनि संक्रमण पुष्टि भएको थियो भने शुक्रबारै कांग्रेस नेता प्रकासशरण महतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला यसपटक राजनीतिक दलका शीर्ष नेताहरू नै धमाधम संक्रमित भइरहेका छन् ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत पनि संक्रमित छन् ।

प्रकाशित : माघ १, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?