कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

राष्ट्रिय सभा बैठक 'विशेष कारणवश' अनिश्चित समयका लागि स्थगित

काठमाडौँ — संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ । 

राष्ट्रिय सभा बैठक 'विशेष कारणवश' अनिश्चित समयका लागि स्थगित

संघीय संसद्का महासचिव भरतराज गौतमले 'विशेष कारणवश' स्थगित गरिएको जानकारी दिएका छन् । 'माघ ३ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएको' सूचना महासचिव गौतमले जारी गरेका हुन् ।

यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि 'विशेष कारणवश' बस्न नसक्ने सूचना जारी भएको थियो । प्रतिनिधिसभा बैठक पनि पटकपटक सूचना जारी गरेर स्थगित हुँदै आएको छ । संसद्‌मा एमालेको अवरोध र कोरोना संक्रमणको कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।

प्रकाशित : माघ २, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?