१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आकाशमै ‘डोर अनलक’ भएपछि पोखरा उडेको गुणको विमान काठमाडौं फिर्ता

सुरक्षित अवतरणपछि अर्को विमानबाट यात्रुलाई पोखरा पठाइयो

काठमाडौँ — काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ‘डोर अनलक’ भएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।

आकाशमै ‘डोर अनलक’ भएपछि पोखरा उडेको गुणको विमान काठमाडौं फिर्ता

गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार काठमाडौंबाट उडेको पाँच मिनेटमा नै जहाजको यात्रु चढ्ने ढोका पूर्ण रुपमा बन्द नभएको देखिएपछि काठमाडौं विमानस्थल नै फर्काइएको थियो ।

उनले भने‚ ‘पोखरा उडेको जहाज चार/पाँच मिनेटमै डोर अनलकको इन्डिकेटर पाइलटले देखेपछि फर्काइएको थियो ।’

थापाका अनुसार यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ । अवतरणपछि सो विमानको जाँच गरेर हेर्दा त्यसमा प्राविधिक समस्या नदेखिएको उनले दाबी गरे ।

प्रकाशित : माघ २, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?