१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पशुपति धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले भने– 'कतिपय काम अनुमतिबिना गरेको देखियो'

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार पशुपति परिसरमा बनाइएको धर्मशाला निरीक्षण गरेका छन् ।निरीक्षणपछि मन्त्री आलेले बतास समूहले अनुमति नलिइकनै काम गरेको पाइएको बताएका हुन् ।

पशुपति धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले भने– 'कतिपय काम अनुमतिबिना गरेको देखियो'

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यहरुसहित अनुगमनमा पुगेका मन्त्री आलेले धर्मशालाका कतिपय कोठाहरु निजीलाई दिइएको र कतिपय काम पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको बताए । उनले टेन्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताए ।

मन्त्री आलेले भने, ‘अनुगमन गरियो, कतिपय कोठाहरु प्राइभेटलाई दिइएको रहेछ । त्यो दिनै नमिल्ने कामहरु भएको रहेछ । कतिपय पशुपति क्षेत्रविकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने कामहरु पनि नगरिएको देखियो । सबैभन्दा पहिलो त यो टेन्डर निकाल्ने बेला पनि पशुपति क्षेत्रविकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन हुनुपर्दो रहेछ । त्यो समेत नभएको, थुप्रै त्यस्ता कामहरु देखिएका छन् । भोलि हाम्रो प्रतिवेदन आउँछ, त्यसपछि त्यही आधारमा हामी अघि बढ्छौं ।’

मन्त्री आलेले सोमबार छानबिन समितिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा कुरा अघि बढ्ने बताए ।

प्रकाशित : माघ २, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?