नेपालमा ४ हजार ९६१ संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१  कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १३१ परीक्षणमा देशभरमा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा ४ हजार ९६१ संक्रमित थपिए, ३ को मृत्यु

मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआरमा ५ हजार ५३४ र २ हजार ५६९ को एन्टिजेन परीक्षण गर्दा ४२७ लाई संक्रमण देखिएको हो । यो सँगै सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ ।

यस्तै २४ घण्टामा ४३५ संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५४ हजार ३१२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ २, २०७८ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?