बेहोस बनाई बलात्कार गरेको मुद्दा :

१८ औं पटकको पेसी पनि ‘स्थगित’

धनुषा — क्षीरेश्वरनाथ–५, महेन्द्रनगरकी १४ वर्षीया नाबालिकामाथिको जबरजस्ती करणी मुद्दाको सुनुवाइ १८ औँ पटक स्थगित भएको छ । उक्त मुद्दाको पेसी जिल्ला अदालत, धनुषामा आइतबारका लागि तोकिएको थियो ।

१८ औं पटकको पेसी पनि ‘स्थगित’

२०७६ जेठ ८ मा जिल्ला अदालतमा दर्ता भएको ‘बलात्कारजस्तो अत्यन्त संवेदनशील मुद्दा’को सुनुवाइ हुन नसकी ३२ महिनायता ‘विविध कारणले स्थगित’ गरिएको कानुन सम्पादनकै क्षेत्रको नौलो घटना मानिएको छ । आइतबारको पेसीमा पनि ‘न्यायाधीशको अनुपस्थिति’ भन्दै सुनुवाइ स्थगित गरिएको छ । यो मुद्दा पेसी न्यायाधीश भीष्मराज प्रसाईंको बेन्चमा तोकिएको थियो । अर्को पेसी माघ १२ गतेका लागि तय गरिएको छ ।

‘बलात्कारजस्तो अत्यन्त संवेदनशील मुद्दालाई निरन्तर सुनुवाइ गरी फास्ट ट्रयाकबाट टुंग्याउन सर्वोच्च अदालतले फैसलामार्फत दिएका निर्देशन विपरीत यो मुद्दामा पीडितलाई थप पीडित बनाउने काम भएको छ,’ पीडितका पक्षमा सरोकार राख्दै आएका जनकपुरका सामाजिक अभियन्ता सरोज रायले भने ।

‘यो जघन्य अपराधको र प्राथमिकताको मुद्दामा जिल्ला अदालतले के–कति कारणले यसरी पेसी सारिरहेको हो भन्ने बुझ्नलाई धेरै टाढा जानैपर्दैन,’ यो प्रकरणबारे आवाज उठाइरहेका पत्रकार धिरज बस्नेत भन्छन्, ‘तर, पीडितले दिनानुदिन बेहोरेको मानसिक तनाव र न्याय पाउन गरिरहेको यो चरम संघर्षका बारे पनि कुनै कानुनी छिद्रले केही बोलिदिएमा पीडितले साँच्चै न्याय पाएको ठहर हुने थियो ।’

यो पनि

प्रकाशित : माघ २, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?