पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९३९ जनामा कोरोना संक्रमण

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ जिल्लामा आइतबार ३ हजार ९ सय ३९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ४३, ललितपुर ७ सय ९५ र भक्तपुरमा २ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९३९ जनामा कोरोना संक्रमण

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १३ हजार ९ सय ८६ पुगेको छ ।

देशभर भने २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आरटी-पीसीआर परीक्षणबाट ५ हजार ७ सय ४७ र एन्टिजेनबाट ९ सय ८७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षण गरिएको थियो । सोमबार दैनिक संक्रमणदर ३८ दशमलव ६ प्रतिशत छ ।


प्रकाशित : माघ ३, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?