२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

कोरोना संक्रमण फैलिएपछि सर्वोच्च अदालतका सेवा कटौती

आगामी दुई सातासम्म सुनुवाइका कार्यहरू सीमित संख्यामा सञ्चालन हुने

काठमाडौँ — कोरोना संक्रमण बढ्दै गएपछि सर्वोच्च अदालतले सेवा कटौती गर्ने भएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गरी सर्वोच्चले संक्रमणको जोखिम न्यूनीकरण गर्न आगामी दुई सातासम्म सुनुवाइका कार्यहरू व्यवस्थित ढंगले सीमित संख्यामा सञ्चालन गर्ने बताएको हो ।

कोरोना संक्रमण फैलिएपछि सर्वोच्च अदालतका सेवा कटौती

सर्वोच्चले न्यायाधीश‚ मुख्य रजिस्ट्रार लगायत हालसम्म ३१ जनामा संक्रमण देखिएकाले सुनुवाइका कार्यहरू व्यवस्थित ढंगले सीमित संख्यामा सञ्चालन गर्ने जनाएको छ ।

बन्दी प्रत्यक्षीकरण र अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र सुनुवाइ लगायतका अत्यावश्यकीय सेवा प्रवाह गर्ने सर्वोच्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै मुद्दा फिर्ता‚ तामेली एवं मिलापत्रसम्बन्धी काम कारबाही‚थुनुवा भएका मुद्दाको सुनुवाइ‚ हेर्दाहेर्दै र नियमित सुनुवाइमा रहेका मुद्दाको सुनुवाइ र नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने निर्णय भएको अदालतले जनाएको छ ।

प्रकाशित : माघ ४, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?