१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

६३ जिल्ला र २ विशेष जिल्लामा एमालेको नेतृत्व चयन [नामावली]

काठमाडौँ — नेकपा (एमाले) को ६३ जिल्ला र २ विशेष जिल्ला नेतृत्व चयन भएका छन् । मंगलबार अपराह्नसम्म ६३ जिल्ला र २ विशेष जिल्लाको अधिवेशनबाट नेतृत्व चयन भएको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

६३ जिल्ला र २ विशेष जिल्लामा एमालेको नेतृत्व चयन [नामावली]

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन बाँकी रहेको र धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने उपप्रमुख रिजालले जानकारी दिए । त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिनेछन् ।

जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएका केन्द्रीय कमिटी सदस्य रहेका उपप्रमुख रिजालले उल्लेख गरेका छन् ।

पुस २३ गते एमालेले ६१ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन एकै पटक सुरु गरेको थियो ।




प्रकाशित : माघ ४, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?