१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गुणको विमान ‘डोर अनलक’ विषयमा छानबिन कार्यदल गठन

काठमाडौँ — काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ‘डोर अनलक’ भएको घटना छानबिन गर्न संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन कार्यदल गठन गरेको छ । 

गुणको विमान ‘डोर अनलक’ विषयमा छानबिन कार्यदल गठन

मंगलबार प्रेस विज्ञप्ति जारी गरी मन्त्रालयले जहाजमा भएको प्राविधिक गडबडका विषयमा छानबिन गर्न वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको जनाएको हो ।

छानबिन कार्यदलको संयोजकमा क्या. निरौला‚ सदस्यमा इलेक्ट्रोनिकल इन्जिनियर नसीव आचार्य‚ क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई र एरोनोटिकल इन्जिनियर रितेशराज पन्त रहेका छन् ।

सम्बन्धित समाचार
आकाशमै ‘डोर अनलक’ भएपछि पोखरा उडेको गुणको विमान काठमाडौं फिर्ता

आइतबार काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ‘डोर अनलक’ भएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको थियो । अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।


प्रकाशित : माघ ४, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?