माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा हिँड्‌डुल गर्दा खोप कार्ड अनिवार्य

काठमाडौँ — सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्‌डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । 

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्री बालकृष्ण खाँण संयोजकत्वको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) का पदाधिकारी सहभागी थिए ।

माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा हिँड्‌डुल गर्दा खोप कार्ड अनिवार्य

बैठकमा लक्षित वर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पुर्‍याउने विषयमा पनि छलफल भएको थियो । बैठकले कोरोना संकट नियन्त्रणका लागि विभिन्न विषयमाथि छलफल गरी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री खाँणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेको भन्दै त्यहीअनुसार कार्य गर्ने व्यवस्था मिलाउन निर्देशन गरेका थिए ।

प्रकाशित : माघ ४, २०७८ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?