कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

काठमाडौं उपत्यकामा एकैदिन ६ हजार ३४३ मा कोरोना पुष्टि

काठमाडौँ — काठमाडौं उपत्यकामा एकैदिन ६ हजार ३४३ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले उपत्यकाका तीन जिल्लामा उक्त संख्यामा संक्रमित फेल परेको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा एकैदिन ६ हजार ३४३ मा कोरोना पुष्टि

उनका अनुसार काठमाडौंमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ जना नयाँ संक्रमित थपिएका छन् ।

२४ घण्टामा २३ हजार ४०९ परीक्षण भएको छ । देशभर भने बुधबार हालसम्मकै सबैभन्दा धेरै ११ हजार ३५२ जना संक्रमित भएका छन् ।

१८ हजार ७८ पीसीआर परीक्षणमा ९ हजार ५०२ र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १ हजार ८५० जनामा संक्रमण देखिएको सहप्रवक्ता अधिकारीले जनाए ।

२४ घण्टामा ६१३ जना निको भएका छन् । त्यस्तै २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ ।

यो पनि

प्रकाशित : माघ ५, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?